आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘भारइल रोड’मा टिकटक बनाउनेको भिडले कोरोनाको जोखिम बढ्दै

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • कञ्चनपुर । महाकाली नदीमा निर्माणधिन चारलेन पक्की पुल जोड्ने सडक मार्ग पछिल्लो समय भाइरल रोडको नाममा चिनिन थालेसँगै कञ्चनपुरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले निशेषाज्ञा कडाइ गर्न गतसाता ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गरेपनि कञ्चनपुरमा भने त्यसको कार्यान्वय नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।

    महाकाली नदीमा बन्दै गरेको पक्की पुल र त्यसलाई जोड्न बनाइएको पहुँच मार्ग हेर्न आउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ । नदी किनारमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ । टिकटक बनाउनेहरुको रोजाई बनेको यो सडकमा बिहान बेलुकाको समयमा दर्शकहरुको मेला नै लाग्ने गर्दछ ।

    सामान्यतया बेलुकापख भिडभाड हुने उक्त सडक हेर्न बिदाका दिनमा कैलाली, बर्दिया तथा बाँके लगायत टाढा टाढाबाट मानिसहरुको घुइँचो लाग्ने गर्दछन् । उनीहरु म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन उक्त सडकमा आउने गर्दछन् ।

    उसो त जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सभा, सम्मेलन तथा भिडभाड गर्न रोक लगाउदै बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म निशेषाज्ञा जारी गरेको छ । तर यो रोडमा भने बेलुका ४ बजेदेखि ७ बजेसम्म पुल हेर्न तथा टिकटक बनाउन दैनिक पाँच हजार बढी मानिसहरुको भिड लाग्ने गरेको छ । दैनिक हजारौंको संख्यामा पर्यटक बढ्न थालेपछि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानीयबासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

    यसअघि मास्क अभियानका क्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखले सो क्षेत्रको अनुगमन गरेपनि भिड नियन्त्रणका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ । बजार व्यवसायमा मात्रै नभइ भिडभाड हुने सबै ठाँउमा स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने सरोकारवालाको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij