आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पुर्वमाओवाद नेता बादलसहित सबै नेतालाई एमाले स्थायी समितिबाट हटाए, अब कुन पार्टीमा ?

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • ‘बादल’ समूह एमाले स्थायी समितिबाट आउट !

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेका ‘एकता पक्षधर नेताहरू’बीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ। सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरू क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरूले बताएका छन्।

    ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशील हुन्छन् भोलि हामी त्यो ढाँचाबारे कुरा गर्छौ। भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ।’

    भट्टराईले भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति प्रतिक्रिया दिए। २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ रामबहादुर थापा ‘बादल’ समूह (पूर्व माओवादी समूह) बाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए। बादल समूहबारे एमालेको संयुक्त बैठक पश्चात् निर्णय लिइने बताइन्छ।

    ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदीप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए। लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए। अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए।

    १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप(महासचिव विष्णु पौडेल सदस्य छन् यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij