आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घर माथिबाट खसेको पहिरोमा परि दार्चुलामा दम्पतीसहित तीन बेपत्ता

  • प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८



  • दार्चुला । दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर बेपत्ता भएका छन् । लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा बस्दै आएका ६५ वर्षिय नर सिंह महर र उनकी ६० वर्षिया श्रीमती कौशिला महर र्बपत्ता भएको स्थानीय राम सिंह महरले जानकारी दिनुभयो ।

    राति सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घर सहित उनीहरुलाई पु्रेको हो । अहिले ती दम्पतीको अवस्था अज्ञात रहेको उहाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको बताइएको छ ।

    यसैबिच दुहुँकै वडा नम्बर ५ सुत्खोला (दुल्ला) का ५० वर्षिय मनुवा डडालको अवस्था समेत अज्ञात रहेको छ । राति घरमाथि खसेको पहिरोमा परेका डडाल बेपत्ता रहेको बुझिएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    यसै बीच लगातारको वर्षाले निजाङ्ग खोलामा गएराति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।

    महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।

    खोलाले स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उहाले बताउनुभयो । खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका नागरिक राती नै सुरक्षित स्थानमा सारिएको उहाको भनाई छ । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

    महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई एक सुचना जारी गरी आग्रह समेत गरेको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न अहिले त्याहा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij