आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

  • प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८



  • काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ । धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ ।

    धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ । यो अवधिमा सरकारको भूमिका अस्वाभाविक र सन्देहपूर्ण देखिएको छ । दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले भारतसँग कूटनीतिक संवाद नै गरेन । ब्रु घटनाको छानबिनका लागि गठन गरिएको समितिको म्याद तीनपटक थप गर्यो । स्रोतका अनुसार मंगलबार फेरि समितिको म्याद थप्ने गृह मन्त्रालयको तयारी छ ।

    गत १५ साउनमा सदुमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले डोरी फुकालिदिएकपछि धामी महाकालीमा बेपत्ता भएका थिए । त्यसको दुई दिनपछि १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

    नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij