आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंको सफाइमा जुट्दै अभियन्ता, आफैँ उठाए फोहोर

  • प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८



  • काठमाडौं । नागरिक अभियन्ताहरू आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाएर सिसडोल डम्पिङ साइटसम्म पु¥याउने अभियान सुरु गरेका हुन् ।

    काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुटेका सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनुभयो ।

    वर्षातको समयमा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि आफूहरूले सो फोहोर सिसडोलसम्म पु¥याउने उहाँले बताउनुभयो ।

    सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन् ।

    काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij