आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काबुलको विमानस्थल बन्द, पाकिस्तान र इरानसँगको सीमामा भाग्न चाहनेहरुको भिड

  • प्रकाशित मिति : बुधबार, भदौ १६, २०७८



  • काठमाडौं,। अमेरिकाले अफगानिस्तान छाडेर बाहिरिएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अन्य मानिसहरु संकटमा परेका छन् । काबुलको अन्तर्राष्ट्रिय विमानस्थल तालिबानको कब्जामा छ र यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय विमान उडेका छैनन् । विमानस्थल बन्द भएपछि हजारौं अफगानी नागरिकहरु देश छाड्नका लागि पाकिस्तान र इरानसँग जोडिएको सीमा क्षेत्रमा पुगेका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानको खैबर पास सीमामा हजारौं मानिसहरु अफगानिस्तानर्फ उभिएका छन् । यस्तै अवस्था अफगानिस्तान–इरान सीमामा रहेको इस्लाम काला बोर्डर पोस्टमा छ । केही व्यक्तिहरुका अनुसार इरानका सुरक्षा एजेन्सीले नियम केही खुकुलो पारेर मानिसहरुलाई जान दिइरहेका छन् ।

    काबुल विमानस्थल अमेरिकाको नियन्त्रणमा हुँदासम्म पछिल्लो १५ दिनमा करिब १ लाख २५ हजार मानिसहरुलाई अफगानिस्तानबाट बाहिर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार यो वर्षको अन्त्यसम्म करिब ५ लाख मानिसहरु अफगानिस्तान छोडेर अन्य देश भाग्न सक्छन् ।

    तालिबानले काबुल विमानस्थल आफ्नो नियन्त्रणमा लिएको भए पनि यसको संचालन भएको छैन । तालिबान अहिले देशका अलग–अलग ठाउँमा बैंक खोल्ने, एटिएममा पैसा भर्ने र सरकारी कार्यालयहरु खोल्नेतर्फ केन्द्रित छ ताकि पछिल्ला कैयौं दिनदेखि रोकिएका कामहरु केही हदसम्म अगाडि बढ्न सकुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij