आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हट्यो निषेधाज्ञा

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउने गरी निषेधाज्ञा हटाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।

    उनका अनुसार स्थानीय तहहरूले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्यालयसमेत सञ्चालन गर्न पाउनेछन् । यस्तै, सिनेमा हलहरूसमेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने मन्दिर तथा धार्मिक क्षेत्रहरूसमेत खुला हुनेछन् ।

    २४ घण्टामा भएका समाचारहरु पढ्नुहोस
    २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु
    तर, भीडभाडजन्य गतिविधिहरू गर्न भने पाइनेछैन । यस्तै, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि गर्न पाइनेछैन । यसैगरी, चाडपर्वहरू न्यूनतम सहभागितामा भीडभाड नहुनेगरी सांकेतिक रूपमा सञ्चालन गर्न पाइनेछ ।

    यस्तै, स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार यो नियम १७ भदौदेखि भदौ मसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने बताइएको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij