आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपाल प्रहरीका पाँच एआइजीको सरुवा

  • प्रकाशित मिति : शुक्रबार, भदौ १८, २०७८



  • एआइजी भएको करिब डेढ महिनापछि सहकुल थापाले पाए जिम्मेवारी

    काठमाडौं । केपी ओली सरकारले गरेको सरुवा कार्यान्वयन नगरी सरकारले नेपाल प्रहरीका पाँच एआइजीको सरुवा गरेको छ । एआइजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय राखीपोखरी प्रमुखको रुपमा थमौति गरिएको छ ।

    त्यस लगत्तै गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीहरुको सरुवा निर्णय व्यवहारिक नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सो निर्देशन भएको करीव ५० दिनपछि एआइजीहरुको सरुवा गरिएको हो ।

    याेसँगै एआइजी भएको करिब डेढ महिनापछि सहकुल थापाले जिम्मेवारी पाएका छन् । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेसँगै उनलाई जिम्मेवारी दिएको हो । एआईजीमा बढुवा भएका थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ । थापाले जिम्मेवारी नपाएको विषयमा पनि सर्वत्र आलोचना भएको थियो ।

    त्यस्तै एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रधानकार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको छ । जसअनुसार महानगरीय प्रहरी कार्यालयबाट हटाइएका एआइजी हरिबहादुर पाललाई त्यही राखिएको छ ।

    प्रशासन तथा मानव स्रोत विकास विभागमा एआइजी विश्वराज पोखरेललाई पठाइएको छ । ओली सरकारले उनलाई प्रहरी एकेडेमीमा सरुवा गरेको थियो । एकेडेमीमा निरज शाहीको सरुवा भएको छ । प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभाग तथा सहकुल थापाको कार्य विभागमा सरुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij