आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नवनियुक्त प्रधानसेनापति शर्माले नेपाली सेनाकाे नेतृत्व सम्हाले

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • काठमाडौं। नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहणसँगै पदभार सम्हालेका छन्।

    बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको ४४ औं प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम राष्ट्रपति एवं परमाधिपति श्रीमती विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

    सपथअघि राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह लगाइदिएकी थिइन्।

    समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई ११ भदौमा प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन्। आजदेखि सुरु भएको शर्माको कार्यकाल तीन वर्ष रहनेछ।

    लमजुङका शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने पहिलो सैनिक अधिकारी हुन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij