आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्तिम भेटमा प्रेमिकाले प्रेमीकाे लिंगमा कैची चलाइन्, प्रेमी प्रहरी थिए………………….

  • प्रकाशित मिति : शनिबार, भदौ २६, २०७८



  • काठमाडौं । नेपाल प्रहरीमा कार्यरत एक जवानले प्रेम धोका दिएको भन्दै प्रेमिकाले लिङ्गामा धारिलो हतियार प्रयोग गरी घाईते बनाइएकी छिन् ।

    विराटनगरको एक होटलमा प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएकी हुन् । मोरङ प्रहरी कार्यालयका अनुसार विराटनगर–१५ रानीस्थित होटल मकालुमा प्रेमीकाले बोलाएर प्रेमीको लिंग काटिदिएकी हुन् ।

    यो घट्ना साउन २७ को भएपनि युवक पक्राउ परेपछि मात्रै लिङ्ग काटिएको खुलेको थियो । सुनसरी घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएपछि प्रेमीकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको मोरङ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

    उनका अनुसार दुवैको नाम भने गोप्य राखिएको छ । ‘पहिला प्रेमीलाई होटलमा बोलाएको देखिन्छ, त्यसपछि त्यहाँ विवाद भएपछि प्रेमीको लिंगमा धारिलो हतियार प्रयोग भएको खुलेको छ अहिले प्रेमिकाको उजुरीमा उनलाई प्रक्राउ गरिएको छ’, डिएसपी श्रेष्ठले भने । प्रेमिकाले प्रेमीको लिङ्ग कैंचीले काटिदिएको डिएसपी श्रेष्ठले बताए ।

    विराटनगरमा बस्दै आएकी ती युवती नेपाल प्रहरीमा कार्यरत युवकसँग प्रेम सम्बन्ध भएपनि उनले विवाह गर्न आनाकानी गरेको र त्यसपछि अर्कै केटीसँग विवाह गर्ने तयारी गरेपछि उनीहरुबीच खटपट भएको थियो । प्रहरीका अनुसार प्रेमिकाले अन्तिम पटक भेटौ भनेपछि उनीहरु मकालु होटलमा भेट भएका थिए ।

    युवकको काटिएको लिङ्गको थप उपचारका लागि कोसीले नोबेल शिक्षण अस्पतालमा रेफर गरेको थियो । युवकको लिङ्गमा १० टाँचा लगाएपछि लिङ्ग जोडिएको थियो । सो घटनामा भएको २÷३ दिनपछि युवतीले प्रेमीविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएकी थिइन । युवक त्यही कार्यरत रहेकाले पक्राउ गरि अनुसन्धान शुरु गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij