आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

५० हजारबाट सुरु गरेको बङ्गुरपालनबाट मासिक एक लाख आम्दानी

  • प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८



  • काठमाडौं। बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका–७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा प्रशन्न छन्बङ्गुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उनको अनुहारमा चमक त थपिएको छ नै विदेशकोभन्दा बढी कमाइ ’विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ।

    बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गरेपछि बङ्गुर खरिदका लागि खोरमा नै आएका व्यापारी तथा ग्राहकसँग उहाँको समय बित्ने गर्छ । ‘विदेश पनि भोगियो, त्यहाँ कहिल्यै सन्तुष्ट हुन सकिएन । आफ्नै गाउँघरमा व्यवसाय अपार खुसी मिलेको छ । परिवारका सबै सदस्य आफ्नै घरमा बसेर सँगसँगै काम गर्नुको मज्जा नै बेग्लै हुँदो रहेछ’,उनले भने।

    बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको विश्वकर्माले भनाइ छ । विदेशमा १२ वर्ष दुःख गरियो विश्वकर्माले भने, ‘विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ । बङ्गुरपालन व्यवसायबाट मासिक रु एक लाख भन्दाबढी आम्दानी हुने गरेको उनले सुनाए।’

    विश्वकर्माका अनुसार सुरुमा रु दुई लाख ५० हजार लगानी गरेर सुरु गरेको बङ्गुरपालन व्यवसायमा अहिले करिब रु ५० लाख लगानी रहेको छ । खोर निर्माण गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द र बङ्गुरजोन कार्यक्रमले सघाइरहेकाले आगामी दिनमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले जानकारी दिए।

    उनका फार्ममा अहिले माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० गरी ३६ वटा बङ्गुर रहेका छन् । दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि १२ महिनामा १०० केजीसम्मको बङ्गुर हुने उनले बताए। दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उनको भनाइ छ । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाल लगायतलाई सङ्कलन गरेर दानको रुपमा प्रयोग गरिने उनले बताए । यसका साथै घरमै पनि दाना बनाउने विश्वकर्माको भनाइ छ ।

    ‘विदेशमा जस्तो अरुले अह्राएको काम गर्नुपरेको छैन ’, उनले भने, ‘आफैँ मालिक आफँै नोकर भएर आफ्नै फार्ममा काम गर्नुपर्दा आनन्द लाग्छ।’ धानको ढुटो, कनिका, मकैको ढुटो, फिसमील तथा वोनमिल भिटामिन र हरियो घाँस चारोका रूपमा बङ्गुरलाई खुवाइन्छ । महिनामा १४ वटासम्म बङ्गुर बिक्री हुने गरेका उनले जानकारी दिए। बङ्गुरको मासु पसलमा प्रतिकेजी रु ३५० मा बिक्री हुने गरेको छ । बङ्गुरको मासु बजारमा पु¥याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताए।

    गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार ८०० रुपैयाँ बङ्गुरपालक किसानलाई खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बङ्गुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताए।
    उनका अनुसार जिल्लाभर ३५ वटा बङ्गुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसान उत्साहित भएको र बङ्गुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उनले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij