आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई

  • प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८



  • काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ ।

    परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना गरेकी छन् ।

    ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन् । उनले १२ कक्षाको परीक्षा पनि त्यहीँबाट दिएकी थिइन् ।

    परीक्षा सकिएपछि उनले शुक्रबार आफ्ना सहपाठीसँग सामूहिक तस्बिर खिचाएर सबैलाई ब्याचलर अध्ययनका लागि शुभकामना पनि दिएकी छन् ।

    परीक्षा सुरु हुनुअघि धेरै डराए पनि अहिले आफूलाई धेरै खुसी लागेको करिश्माले प्रतिक्रिया दिइन् । उनले परीक्षा राम्रो भएको जानकारी दिँदै न्युज कारखानासँग भनिन्, ‘पहिले धेरै डर लागेको थियो । तर, अहिले म निकै खुसी छु ।’

    उनले कक्षा १२ पास भएमा किटनी माविबाटै स्नातक अध्ययन गर्ने पनि जानकारी दिइन् । भनिन्, ‘सरकारी स्कुलमै पढ्छु । अन्तको कस्तो छ थाहा छैन, तर म पढेको स्कुलमा सबै राम्रो छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij