आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

  • प्रकाशित मिति : शनिबार, अशोज १६, २०७८



  • चितवन । चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको हो ।

    प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो । उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले अटेरी गरेकाले उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

    भोजाडस्थित १३२ केभी सवस्टेशनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् । प्रसारण लाइनका टावर हुँदै ल्याएका इन्टरनेटका तार १३२ केभी सवस्टेशनभित्र स्टेशन बनाएर राखिएको छ । सवस्टेशनबाट निकालेर पोलमार्फत इन्टरनेट विक्री गर्ने गरिन्छ ।

    सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयको निर्देशन अनुसार पोल भाडा नतिर्ने सेवा प्रदायकको तारहरु शनिबार सांकेतिक रुपमा काटिएको भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव सिंहले बताए ।

    ‘सम्झौता नगरिकनै पोल प्रयोग गरिरहेका र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ,ु उनले भने, ‘यो सांकेतिक रुपमा सुरु गरिएको छ । सबै जिल्लामा इन्टनरनेट अवरुद्ध भएको छैन । तार काट्ने कामलाई निरन्तरता दिन्छौँ ।’ भाडा सम्झौताका लागि छिटो आउन उनले सेवा प्रदायकलाई आग्रह पनि गरेका छन् ।

    नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको उनले बताए । टेलिकम र एनसेलले पोल भाडा दिइसकेको उनको भनाइ छ । जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।

    स्थानीय इन्टरनेट तथा केबुल सेवा प्रदायकले पोल भाडा तिरिसकेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएपछि प्राधिकरण र सेवा प्रदायकबीच विवाद बढेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij