आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् । कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा आयोजकले स्थानीय प्रशासनसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए ।

    दसैँ तिहार मनाउन  बाहिरबाट घर आउने यात्रु चढेको गाडीहरू दुर्घटना हुनबाट जोगाउन ट्राफिक प्रहरीका साथै जिल्लाका सबै युनिटका प्रहरी लाई विशेषरूपमा निगरानी गर्न निर्देशन दिएको एसपी विनोद घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी सहरबाट दसैँ तिहार मनाउन  गाउँ आएका परिवारका केटा केटीले जथाभावी सवारीसाधन न चलाउन भन्नेबारे पनि सबै युनिटमा निर्देशन दिएको एसपी घिमिरेले बताएका छन् ।
    दसैँ दिपावली र छठ पर्वमा चोरी, डकैती, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले रौतहटमा विशेष सुरक्षा नीति अपनाएको छ । विशेष नीति अनुसार प्रहरी गस्ती टोलीले चोरीमा संलग्न ४ जनालाई मौलापुर बाट नियन्त्रणमा लिएको छ । उक्त नीति अनुरूप चाड पर्वमा कुनै आपराधिक गतिविधि नहुने एसपी घिमिरेले विश्वास व्यक्त गरेका छन् ।
    वर्तमान अवस्थामा घरमा महँगा गहना तथा ठुलो रकम न राख्ने तथा घर छोडेर कतै जानुपरे घरमा एकजना कुरुवा राख्ने तथा नजिकको प्रहरी चौकीमा खबर गर्न उनले सुझाव दिएका छन् । गाउँ ठाउँमा कुनै अपरिचित मानिस पटकपटक देखिएमा, अथवा कुनै शङ्कास्पद गतिविधि देखिएमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर समयमै जानकारी गराएमा सम्भावित घटनालाई रोक्न सकिने रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले आग्रह गरेका छन् ।

    जिल्लाको घुमुवा प्रहरीको गलत गतिविधि,तस्करी,अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने प्रहरीको पहिलो काम रहेकाले त्यस्तो हरकत देखिएमा पनि खबर गर्न एसपी घिमिरेले रौतहट =बासीलाई आग्रह गरेका छन् । दसैँ, तिहारमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको समन्वयमा नेपाल प्रहरी २४ सै घण्टा खटिरहेको उनले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij