आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रियंका चोपडा : विदेशी गर्ल !

  • प्रकाशित मिति : शनिबार, अशोज ३०, २०७८



  • काठमाडौं। बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन् । त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो ।

    उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उनको बसाइ प्रायः देश बाहिर नै छ । उनी संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहेकी छिन् ।

    यति मात्र होइन, उनी बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त छिन् । उनले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गरेकी थिइन् । त्यसयता उनले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहेकी छिन् ।

    अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गरेकी थिइन् ।

    ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ । पछिल्लो समय उनी हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैछिन् ।

    ‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने खबर आएसँगै उनलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij