आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सर्वोच्चमा गम्भीर संकट : सबै न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७८



  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब सर्वोच्च अदालतलाई नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै बाँकी सबै न्यायाधीशले उनलाई ‘सम्मानपूर्ण निकास’ का निम्ति आग्रह गरेका छन्। राणाले भने आफू संवैधानिक बाटोबाट आएको हुनाले त्यही बाटोबाट मात्रै बाहिरिने दृढता व्यक्त गरेका छन्।

    सर्वोच्चका सम्पूर्ण न्यायाधीशले आफूहरूबीचको छलफलबाट आएको निष्कर्ष उनलाई सुनाउँदै मार्ग प्रशस्त गर्न भनेका हुन्। न्यायाधीशहरू राणाको नेतृत्वमा सर्वोच्चमा काम गर्न तत्पर नभएका कारण दुई दिनदेखि सुनुवाइ ठप्प छ।

    सर्वोच्चमा न्यायाधीशहरू इजलास नबसी प्रधानन्यायाधीश राणालाई पदबाट राजीनामा दिन आग्रह गरेसँगै न्यायालयको विवाद तत्काल नटुंगिने देखिएको हो।सर्वोच्चका न्यायाधीशहरू एकजुट भई मुद्दा सुनुवाइ नगरेर राजीनामा माग गरेपछि प्रधानन्यायाधीश राणा एक्लिएका छन्। सर्वोच्चमा कुनै बेला राणानिकट भनिएका न्यायाधीशसमेत उनीविरुद्ध एकजुट भएका छन्।

    सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीश राणालाई भेट गरी १५ जना न्यायाधीशले अहिलेको विषम परिस्थितिमा न्यायपालिकाको नेतृत्वले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। ‘आरोप र लाञ्छना अरू ९न्यायाधीश० लाई पनि आएको छ, तपाईंहरूले पनि राजीनामा दिनुहुन्छ भने म दिन तयार छु’, प्रधानन्यायाधीशले जवाफमा भनेका थिए, ‘म सडकले राजीनामा मागेर दिन्नँ।’ राणाले आफू संवैधानिक बाटोबाट आएको र त्यही बाटो जाने बताएका थिए।

    सोमबार इजलासमा नबसी बैठक गरेका न्यायाधीशहरूले आफूहरूको धारणा प्रधानन्यायाधीशलाई मंगलबार भेटेर सुनाउनुका साथै उनले तोकेको इजलासमा समेत गएनन्। ‘हामी उहाँको कुरा सुन्नभन्दा पनि हाम्रो बैठकबाट आएका निष्कर्ष सुनाउन र सम्मानजनक निकासका निम्ति आग्रह गर्न गएका थियौं,’ बैठकमा सहभागी एक न्यायाधीशले भने।

    राणाले राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरूले मंगलबार पनि इजलास नबसी बैठक गरेका थिए। बैठकमा बुधबार फेरि राणालाई भेटेर आफ्ना अबको धारणा राख्ने बताएका छन्।

    प्रधानन्यायाधीशले सोमबार बोलाएको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी नहुने सल्लाह गर्दै बहिष्कार गरेपछि प्रधानन्यायाधीश र न्यायाधीशबीच दूरी बढ्न थालेको हो।

    नागरिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij