आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुत्केरीको हेलिकप्टरमा उद्धार

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८



  • काठमाडौं ।बझाङकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो ।

    उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।

    गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गरेकी थिइन्। विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताए। सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij