आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

फाराम नभरेकालाई क्रियाशील सदस्यता दिएपछि रसुवामा विवाद

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • रसुवा । रसुवामा नेपाली कांग्रेसको फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका १०० भन्दा बढी व्यक्तिलाई छानविन समितिले सिधै क्रियाशील सदस्यता दिएपछि विवाद चुलिएको हो ।

    वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका कांग्रेसी युवाहरू छानविन समितिप्रति आक्रोशित भएका हुन् ।

    कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढङ्गले वितरण गरिएको क्रियाशील सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको बताए ।

    ‘वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरूको क्रियाशील सदस्य कटौती गर्ने र विधानविपरित गैरकांग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भर्त्सना गर्दै क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु’, उनले भने।

    यसैगरि, क्रियाशील छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई क्रियाशील सदस्यता वितरण गरिएको आरोप छ ।

    तिहारअघि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकोमा रसुवाको आइतबार मात्र टुङ्ग्याइएको थियो । क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टी भित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको भन्दै रसुवा कांग्रेसले आपत्ति जनाएको छ ।

    रसुवामा कांग्रेसको क्रियाशील सदस्यको संख्या तीन हजार ८५७ रहेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij