आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भण्डारण गरिएको आलु कुहिएर नष्ट

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ ।

    सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्वीन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् । बीउका लागि र हिउँदमा खानका लागि खाल्डोमा भण्डार गरी राखिएको आलु कुहिएपछि थप समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुःखेसो गरे ।

    शीतभण्डारका लागि घर नजिकैको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीयवासी किसान रोकायाले बताए । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाले पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उनले बताए । सबै आलु कुहिएपछि खान मात्र नभइ बीउ जोगाउनै मुश्किल भएको छ ।

    यसैगरी स्थानीयवासी सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बीउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नु परेको उनको भनाइ छ ।अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीयवासी अर्का किसान मुक्ति रावतले बताए । खाने आलुभन्दा बीउका लागि समस्या भएको उनको भनाइ छ । शीत भण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि किसान हिउँदमा खाने तरकारी र बीउका लागि चिन्तित भएका हुन् ।

    सिमकोट गाउँपालिका–५ का अधिकांश किसानको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ । आलु भण्डारणका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बीउका लागि खाडलमा राखिएको आलु नष्ट हुँदा लाखौं मूल्य बराबरको नोक्सानी भएको वडा नं ५ सुन्दर रावतले बताए । उनले भने, ‘हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरिएको आलु बिक्री समेत हुने गर्थ्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ ।’ अब अर्को वर्ष बीउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij