प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७८
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूले मसाल जुलुस निकालेको हो ।
नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij