प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८
काठमाडौ । नेपाल प्रहरीका तीन डिआइजीको अचानक सरुवा भएको छ। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार हिजो साँझ उनीहरुको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयले डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।
लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई पाँच महिनामै हटाएर अधिकारीलाई पठाइएको छ। यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए ।
अधिकारीको ठाउँमा डिआईजी लामाका सरुवा भएको छ। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए। लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर सरुवा भएको छ । हाल त्यहाँ डिआइजीको दरवन्दी छैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij