आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राज्य तहबाटै हुँदै छ अफिमको बियाँ ‘तस्करी’

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७८



  • काठमाडौं । नेपालमा राज्य तहबाटै पप्पी सिड (अफिमको बियाँ) ‘तस्करी’ भइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्वीकृतिमा एक सय ६३ टन ९एक लाख ६३ हजार पाँच सय किलो० सिड नेपाल भित्रिएको हो । जसको मूल्य १२ करोड २१ लाख ५० हजार परेको छ । मन्त्रालयले योसहित दुई हजार मेट्रिकटन सिड आयातका लागि स्वीकृति दिएको छ । मन्त्रालयले टर्कीबाट आयात गर्न स्वीकृति दिएपछि साउनयता भित्रिन थालेको हो । तर, उक्त सिड संयुक्त राष्ट्रसंघको अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गतको इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्ड ९आइएनसिबी०को स्वीकृतिविना नै आयात गरिएको मन्त्रालय स्रोतले जनाएको छ । युएन ट्रिटी सेरिज भोलुम– ५२० को नं। ७५१५ र रिपोर्ट अफ इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्ड– १९९५ अनुसार बोर्डको स्वीकृतिपछि मात्रै कुनै पनि मुलुकले सिड उत्पादन गर्न पाउँछ ।

    उक्त मुलुकले बोर्डको उच्च निगरानीमा सिड उत्पादन गर्छ । निर्यातका लागि पनि उसले बोर्डकै स्वीकृति लिनुपर्छ । यस क्रममा उसले निर्यात गर्न लागिएको मुलुकको नामसमेत बोर्डलाई जानकारी गराउनुपर्छ । टर्कीले पप्पी सिड उत्पादन गर्न कन्ट्रोल बोर्डको स्वीकृति लिएको छ । उत्पादित सिड नेपालमा निर्यात गर्न चाहे यसका लागि पनि उसले अनिवार्य रूपमा बोर्डको स्वीकृति लिनुपर्छ । तर, टर्कीले बोर्डबाट त्यस्तो स्वीकृति लिए–नलिएको सम्बन्धमा मन्त्रालय नै प्रस्ट छैन । सिड आयातका लागि अनुमति दिँदा उद्योगमन्त्री लेखराज भट्ट थिए ।

    मन्त्रालयका प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले गत आर्थिक वर्ष दुई हजार मेट्रिकटन सिड आयातका लागि स्वीकृति दिइएको, तर कानुनी पक्षबारे जानकारी नभएको बताए । ‘पप्पी सिड आयातका लागि एकपटक स्वीकृति दिइएको साँचो हो । यो गत आर्थिक वर्षकै निर्णय हो । सोही निर्णयका आधारमा सिड आयात भयो होला । आयातका लागि कानुनी पक्ष के–कस्तो छ, इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्डबाट स्वीकृति दिएको हो कि होइन भन्ने विषयमा मलाई जानकारी भएन,’ उनले भने ।

    नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij