आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मलाई किन जन्माएको भनेर युवतीले डाक्टरलाई मुद्दा हालिदिइन्, करोडौं क्षतिपूर्ति जितिन्

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७८



  • काठमाडौं। बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मुद्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् । एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई गम्भीर स्वास्थ्य समस्याको साथमा जन्माएको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् ।

    द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य समस्या थियो । यो एक प्रकारको गम्भीर स्वास्थ्य समस्या हो जसलाई मेडिकल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य समस्याका कारण उनले डाक्टरलाई मुद्दा हालिदिएकी थिइन् ।

    एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् । यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

    एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए । लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij