आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

  • प्रकाशित मिति : शुक्रबार, पुस २, २०७८



  • काठमाडौं । भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ ।

    नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ । यस्ता पाइलट चार जना रहनेछन् । सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेर्छ ।

    नेपाली कर्मचारी पनि एक सय ५१ जना रहनेछन् । उनीहरुका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ । रेलका लागि इन्धन खर्च प्रतिदिन एक लाख ३० हजार रुपैयाँकोे हुने झाले बताए । भारतीय रेलवे कम्मनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु (३५ करोड २० लाख रुपैयाँ) मा सम्झौता भएको छ ।

    यसबापत पहिलो किस्ताका रुपमा साढे सात करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ। कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनका खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए । ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,उनले भने ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ।टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुनेछ ।

    कान्तिपुर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij