आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बालुवाटार जग्गा प्रकरणमा सीआइबीले बुझ्यो ३ सय भन्दा बढी विरुद्धको पक्राउ पूर्जी

  • प्रकाशित मिति : बिहिबार, पुस २२, २०७८



  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जना भन्दा बढी विरुद्ध जिल्ला अदालत काठमाडौं जारी गरेको पक्राउ पूर्जी बुझेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा उक्त पूर्जी सीआइबीले बुझेको हो ।

    सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । विशेष अदालतमा उक्त मुद्दा चलिरहेकै बेला सीआइबीले पनि सोही प्रकरणसँग सम्बन्धित ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरिरहेको छ ।

    सीआईबीले पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना उच्च पदस्थ र तीनजना व्यापारिक घरानाका ब्यक्तिहरु समेत रहेका छन् । पक्राउ पूर्जीको सूचिमा पर्नेहरुमा काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त विरुद्ध पनि रहेका छन् ।

    त्यसैगरी, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्व सचिवहरु दिनेशहरि अधिकारी, युवराज भुसाल, छविराज पन्त र नारायण मलेगो पनि रहेका छन् । यस्तै भाटभटेनी सुपर मार्केटका संचालक मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    जग्गा हिनामिना अभियोग लागेका तत्कालिन प्रधानमन्त्रीहरुलाई भने उन्मुक्ति दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij