आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मुगुका विद्यार्थी साग बेचेर पढाइ खर्च जुटाउँदै

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७८



  • काठमाडौं।मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।

    एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि किताब, कलम र कापीको जोहो गर्न पनि उत्तिकै सकस छ ।

    छायानाथ रारा नगरपालिका–५ को श्री नेपाल राष्ट्यि आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् ।

    घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागशब्जी सदरमुकाममा लगेर बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् ।

    ‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु ।

    उनका अनुसार एक डोकाबाट साग बेच्दा १०० देखि ५०० रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिका सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij