आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सेनाका उपरथी अनन्त कार्की ‘सुरुक्क’ जिम्मेबारी बुझाएर ‘लुसुक्क’ घर गए

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७८



  • प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका उपरथी अनन्त कार्की आईतबार आफ्नो जिम्मेबारी बुझबुझारथ गरेर घरबिदामा बसेका छन् ।

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा दरबन्दी भएका उपरथी कार्कीले त्यही कार्यरत सहायक रथी भोला थापालाई बुझबुझारथ गरेका हुन् ।

    कुनै समय सिंगो नेपाली सेनामा हैकम चलाएका उपरथी कार्की आइतबार आफ्नै कार्यालयमा नव आगन्तुक जस्ता देखिएको त्यही कार्यरत एक सैन्य अधिकारीले बताए । उनका अनुसार कसैसँग केही बोलेनन् । कार्यालय आए । बुझबुझारथमा हस्ताक्षर गरे । अनि बरबिदामा बसको बताएर हिँडे ।

    सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले उपरथी कार्कीले आज जिम्मेबारी बुझाएको बताउँदै उनी पदावधि सकिएकाले नियमित प्रक्रिया अनुसार निवृत्तीभरण अवकाशमा गएको बताए । उपरथी कार्कीको बिदा भोलीबाट सुरु भएर २५ माघमा उनी नियमित अवकाशमा जानेछन् ।

    आफ्नो पदावधि नथपिने भएपछि उपरथी अनन्त कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षामन्त्री समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष उजुरी दिएका थिए । उजुरीमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालय र प्रतिनिधि तथा राष्ट्यि सभाका अध्यक्षलाई समेत बोधार्थ बनाइएको थियो ।

    उनले उजुरी निवेदन दिएका निकायबाट कुनै सुनावाई र पहल नै नभएपछि उनी बिदामा बसेका हुन् ।

     

    सम्बन्धित समाचार: प्रधानसेनापति शर्माकाे ‘आन्तरिक ‘द्वन्द्व’ रोक्ने प्रयासमा उपरथी कार्कीको ‘धावा’ (उजुरीसहित)

     

    उपरथी अनन्त कार्कीले ४ माघको मितिमा उजुरी निवेदन दर्ता गरेका थिए ।

    तर, सरकारले उनको उजुरीअघि नै ३० पुसकै मितिमा नेपाली सेनाका दुई उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थप गरेको छ । पदावधि थप गरिएको मन्त्रिपरिषदको निर्णयसहितको पत्र जंगी अड्डामा पुगेको सैन्य उच्च स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार यस विषयको जानकारी सम्बन्धित दुवै उपरथीलाई गराइएको छ ।

    प्रधानसेनापति प्रभुराम शर्माले १६ पुसमै उपरथीद्वय खड्का र पाण्डेको पदावधि थप्न सरकारसमक्ष सिफारिस गरेका थिए । त्यसमा आफू नपरेपछि कार्कीले प्रधानसेनापतिविरुद्ध नै प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएका थिए । उनले उजुरीमा ३० पुसको बैठकमा छलफल भएको तर निर्णय नभएको उल्लेख गरेका छन् ।

    तर, प्रधानसेनापति शर्माको सचिवालय स्रोतका अनुसार सोही मितिमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा सिफारिसअनुसार उपरथीद्वय खड्का र पाण्डेको एक कार्यकाल थपिएको उल्लेख छ ।

    कार्कीले उजुरीमा वरीयतामा आफूभन्दा पछाडि रहेका दुई उपरथीलाई सिफारिस गरिनु गैरकानुनी भएको जनाएका थिए । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा उनले अवकाशभन्दा पाँच महिनाअघि नै कार्कीसहित खड्का र पाण्डेको पदावधि थप्न सिफारिस गर्ने जंगीअड्डाले निर्णय गरेको उजुरीमा उल्लेख गरेका छन् । तर, कार्यकाल सकिनु १० महिनाअघि नै गरेको सिफारिसलाई प्रधानसेनापति शर्माले पिएओजसँगको सल्लाहमै उल्टाएका हुन् ।

    कार्कीविरुद्ध सेनाभित्रै असन्तुष्टि र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेपछि उनी विवादमा तानिएका थिए । तर, आफ्नो पदावधि थपको सिफारिस उल्ट्याउनुलाई कार्कीले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले गरिएको विधि र प्रक्रिया विपरितको कदम भएको’ भनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij