मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोना संक्रमण बढेसँगै देशभरका चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा बढी संक्रमित, अस्पतालका सेवा प्रभावित

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७८



  • काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप धेरै बढेको छैन् । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ ।
    कोरोना संक्रमण बढेसँगै देशभरका चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा बढी संक्रमित, अस्पतालका सेवा प्रभावितका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेको छ । संक्रमण दर अझै बढ्ने हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन् ।
    विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा भने बाहिरका बिरामी भन्दा आफ्नै कर्मचारी संक्रमित भएकाले सेवा प्रभावित हुन थालेका छन् । आठ महिना अघि कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो । अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको चिकित्सकहरुको भनाइ छ ।
    एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा कोभिड, नन् कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुन थालेको हो । सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाउनुका साथै उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij