प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
दिनमा बाँदर र रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन बारीमै जाग्राम बस्न थालेका हुन् । मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर श्रीकोट, रौलेश्वर, शङ्करपुर, शिखरपुर, च्वाँगढ क्षेत्र, पुरचौंडी क्षेत्र तथा तल्लो सोराडका अधिकांश गाविसमा किसानले लगाएको बालीनाली सखाप पार्न थालेको शङ्करपुरका जयन्ती अवस्थीले जानकारी दिए ।
उता कैलपाल गाविसमा पनि जङ्गली बँदेलले मकैबाली नष्ट गरेको बालजागृति प्राविका प्रधानाध्यापक विराराम विकले बताए । मकैमा घोगा लागेदेखि नै रातदिन पहरा दिनुपरिरहेको उनले बताए ।
बैतडीका अधिकांश भागमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । जिल्लाका विभिन्न भेगमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । दिउँसो बाँदर तथा राति जङ्गली बँदेलको आतङ्क सहनु परेको शङ्करपुरका जयन्ती अवस्थीले जानकारी दिए ।
जिल्लाका सबैजसो भागमा बाँदर, लङ्गुर र जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको बताइएको छ । श्रीकोट, रौलेश्वर, शङ्करपुर, शिखरपुर, च्वाँगढ क्षेत्र, पुरचौँडी क्षेत्र तथा तल्लासोराडका अधिकांश गाविसमा जङ्गली बँदेलको आतङ्क रहेको किसानले बताएका छन् । उता कैलपाल गाविसमा पनि जङ्गली बँदेलले मकैबाली नष्ट गरेको बालजागृति प्राविका प्रधानाध्यापक विराराम विकले बताए ।
गत वर्ष हिउँदमा खडेरी परेका कारण हिउँदेबाली भित्र्याउन नपाएका किसान बर्खेबाली पनि खेतमै नष्ट हुन थालेपछि हैरान भएको श्रीकोटका स्थानीय समाजसेवी हेमराज गिरीले गुनासो गरे । उनले भने, “जङ्गली जनावरको चरन क्षेत्र मासिँदै गएकाले जङ्गली जनावर खेतबारी आउने गरेका छन् ।” आफुले मिहेनत गरेर लगाएको बाली सबै जनावारले सखाप पारेकाले भोकमरी हुने भन्दै चिन्ता परेको समेत उनले बताए ।
जङ्गली जनावरको डरले ग्रामीण क्षेत्रका महिलालाई घाँसदाउरा जान समस्या हुने गरेको छ । बैतडीको अधिकांश महिला जङ्गली जनावरको डरले जङ्गलसमेत जान छोडेको बताएका छन् । पछिल्लो समय जिल्लाको अधिकांश ठाउँमा बँदेल, स्याल, बाँदरलगायतका जङ्गली जनावर घर नजिकै आउन थालेका छन् ।
बारीमा लगाएको बाली मात्रै नष्ट नगरेर बँदेलले दिउँसै मानिसलाई पनि आक्रमण गर्ने गरेको छ । खेतबारीमा बँदेलदेखिन थालेपछि आफूहरु घाँस काट्न जान छोडेको पाटन नगरपालिका–९ का अड्तोलाका हीरा पाण्डेले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij