आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्याङ्जाको एउटै गाउँबाट एक करोड बढीको सुन्तला बिक्री

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७८



  • स्याङ्जा ।यहाँको एउटै गाउँबाट यसपटक एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।

    सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।“गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,” संयोजक भण्डारीले भने, “गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।”

    समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आउनुभएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट रु १७ लाख आम्दानी गरेका छन् । “गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै हुनुहुन्छ,” उनले भने, “६/७ जनाले रु चार लाखदेखि रु १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।”

    भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गरेका थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौँ र नारायणगढ बजारमा खपत भएको हो । “स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रुपमा राखेका छौँ”, उनले भने, “यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij