आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

  • प्रकाशित मिति : बिहिबार, माघ १३, २०७८



  • काठमाडौं। दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे। विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्। यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् । छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन्।

    समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो असर परेको छ । उनी लगातार रूपमा ऐश्वर्यालाई सम्झाइरहेका छन् । उनले छोरीलाई सम्बन्ध विच्छेदअघिकै जस्तो जीवन बिताउन आग्रह गरिरहेका छन् ।

    यता रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् । धनुष रजनीकान्तको इज्जत गर्ने र उनको भनाइलाई सहज स्वीकार्ने भएकाले पनि धनुष रजनीकान्तसँग छलफलमा बस्न चाहिरहेका छैनन् ।

    धनुषका पिता कस्तुरी राजाले छोराबुहारीको सम्बन्ध विच्छेदकै कारण पारिवारिक झगडा भएको बताएका थिए । ‘यो परिवारबीचको झगडा हो । विवाहित जोडीबीच यस्तो भइरहन्छ’, उनले भनेका थिए ।

    धनुष र ऐश्वर्या दुवैको परिवारले सम्बन्ध विच्छेदको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । सम्बन्ध विच्छेदपछि पनि यो जोडी हैदराबादको एक होटलमा बसेका थिए । यद्यपि सम्बन्ध विच्छेदपछि पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट पतिको नाम हटाएकी छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij