आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७८



  • काठमाडौं । कालीकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो । कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याएका हुन्।

    करिब रु ३० लाखको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताए। “इँटा उत्पादन सुरु भएको छ”, उनले भने, “अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ । अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा छौँ ।”छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाइ छ । रातो इँटाको लागत प्रतिइँटा रु २४/२५ पर्ने उनको भनाइ छ । सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन् ।

    तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij