आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग, नबढाइए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७८



  • केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।

    विगत तीन वर्ष देखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ । यसले किसानहरू पैसाबाटै पलायन हुने अवस्था आएको संघले बताएको छ ।

    ‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई आत्मनिर्भर हुने अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने देखिन्छ’ संघका महासचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अब पनि मूल्य वृद्धि नभए चरणवद्ध आन्दोलनमा उत्रिने सोही विज्ञप्ति मार्फत संघले चेतावनी दिएको छ ।

    हाल संघमा आवद्ध एक हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाहरु गरी कुल ५ लाख कृषक आबद्ध छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij