आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७८



  • विराटनगर । मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

    प्रजिअ दाहालका अनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि फार्ममा रहेका २ हजार ब्रोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकाले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

    त्यसै गरी ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । केही दिनअघि मात्रै गोपाल साहले सञ्चालन गरेको ग्रामथानस्थित श्रीगणेश कृषि फार्ममा रहेका १ हजार लोकल र १ हजार ब्रोइलर कुखुरामध्ये एक महिना उमेरका २ सयवटा लोकल कुखुरामा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा रहेका बाँकी कुखुरा सोमबार नष्ट गर्ने निर्णय भएको जनाइएको छ ।

    बैठकको निर्णयपछि बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा. सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो । ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले सञ्चालन गरेको काब्या कृषि फार्ममा रहेका करिब ३ हजार ५ सय लेयर्स मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना जाँच गर्दा बर्डफ्लु पोजेटिभ पुष्टि भएपछि पुनः नमुनाहरूलाई काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।

    नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij