आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतमा विवाह समारोह हेरिरहेका १३ जनाको इनारमा खसेर मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७८



  • काठमाडौं । उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारका अनुसार इनार छोप्ने फलामको स्ल्याबमा बसेकाहरु इनारमा खसेका हुन् ।

    जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले त्यसको ढकनीले भार थाम्न नसकेपछि दुर्घटना भएको बताएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भनेका छन् । उनले स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको पनि बताएका छन् ।

    भारतम विवाहलाई ठूलो संख्यामा पाहुना आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तर पश्चिमी राज्य राजस्थानमा एक विवाह समारोहमा आँधीबेहरी आई पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij