आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७८



  • बारा। बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरी रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पाँच वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७/८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेका थिए ।

    प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij