आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८



  • म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन् ।

    उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्। रु ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गर्नुभएका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाए ।

    कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए । उनको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए । पौने दुई किलोसम्मको एउटा कालिज रु तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ ।

    कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ । कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। हरियो भुइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए । उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् ।

    निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए। कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ ।

    कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ । आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए । उनको फार्ममा कालिज, टर्की र बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि सुरु गरेका छन्।

    जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij