प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८
कञ्चनपुर । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ ।
पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो । नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्ड बनाउने घोषणा गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij