आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा प्रदान

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७८



  • रसुवा । जेष्ठ नागरिकको सम्मानमा रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले घरघरमै पुगि सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण सुरु गरेको छ । शुक्रबारदेखि गाउँपालिकाले जेष्ठ नागरिकको घर घरमा पुगि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण गर्न सुरु गरेको हो ।

    अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरघरमा पुगि ७० वर्ष माथिका जेष्ठ नागरिकको सम्मानमा न्यानो कपडा स्वरुप फाइबर सिरक, हट ब्याक बितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । ‘जेष्ठ नागरिकको सम्मानमा गाउँपालिकाको वडा नम्बर १ हाकुबाट अभियान सुरु गरेका छौँ, गाउँपालिकाको सबै वडामा यो अभियान संचालन हुन्छ, उनले भने, हरेक जेष्ठ नागरिकलाई एउटा फाईबर सिरक र हटब्याग बितरण गछौँ’ उनले भने ।

    त्यसैगरि कुमारी बैकको समन्वयमा बैङ्कको कर्मचारी सहित जनप्रतिनिधिहरु घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता समेत बितरण गरिएको उनले बताए । बृद्वबृद्वाहरुको पहुँच बैङ्क सम्म नहुँदा लामो समयसम्म बृद्व भत्ता नलिएकाहरुका लागि बैङ्कको कर्मचारी साथमा लगि गाँउपालिकाले घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको उनले बताए ।

    गाँउपालिकाको पाँचै वटा वडाका ४ सय ४४ जनालाई न्यानो कपडा स्वरुप फाईबर सिरक र हटब्याक बितरण गरिने अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्याक्रमका फोकल पर्सन सन्देश पौडेलले बताए । फागुन महिना भित्रमा बितरणको काम सक्ने उनले बताए ।

    हिमाली जिल्ला रसुवाको उत्तरी भेगमा प्राय बाह्रै महिना चिसो मौसम हुने भएकाले बृद्वबृद्वाहरुलाई न्यानो कपडा तथा बिद्युतिय हट ब्याग प्रदान गरिएको उनले बताए । घरमै न्यानो कपडा सहित भत्ता पाएसँगै बृद्वबृद्वाहरु भने खुशी भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij