आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रष्ट नीति बनाउन सुनचाँदी व्यवसायीको आग्रह

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७८



  • काठमाडौं । सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको टोलीले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी यस्तो आग्रह गरेका हुन् ।

    सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाउनु पर्ने धारणा राखे ।

    प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्पष्टता देखिएको छ । जसकाकारण व्यवसायीहरु बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् ।

    यस विषयमा आफुहरुले वषौर्ंदेखि यस बिषयमा आवाज उठाए पनि त्यसको सोम्बोधन हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । भेटका क्रममा महानिर्देशक श्रेष्ठले प्रष्ट नीति नियम आवश्यक पर्ने भन्दै यसले सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्तालाई समेट्नु पर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij