आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७८



  • काठमाडौं । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी./टौदह/फस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ मा बुझाउनुपर्ने अग्रिम भुक्तानी जमानी पत्र र सो जमानीपत्रको नवीकरण गरेको पत्र फर्जी बनाएको आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारले यो घटनामा तीनवटा निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    बिटी निर्माण सेवा र निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी र टौदह कन्ट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाहीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

    ठेक्काको पेश्की रकम लिन फर्जी अग्रिम भुक्तानी जमानीपत्र तयार गरेर वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक चौधरीले भ्रष्टाचारजन्य काम गरेको अख्तियारको दावी छ । यसमा ठेकेदार कम्पनीका सञ्चालक र प्रतिनिधिहरू मतियार बनेको अख्तियारको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij