आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रचण्ड-माधवले देउवालाई बुझाए नयाँ मन्त्रीको लिस्ट, यी नेताहरुको भाग्य चम्किदै !

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७८



  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको सहमतीमै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्ने भएका हुन् ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन् ।

    माओवादी २ र समाजवादीले ३ मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन्।

    सरकारमा बसेर राम्रो काम गर्न नसकेका र जनस्तबारट आलोचना भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । माओवादी केन्द्रले भने अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाललाई फिर्ता बोलाउने तयारी गरेको छ ।

    प्रधानमन्त्री देउवासमेत अर्थमन्त्री शर्मासँग पछिल्लो समय असन्तुष्ट बनेको बताईएको छ । खासगरी शर्माले मन्त्रालयका कर्मचारीहरुको पनि कुरा नसुनेको र एकलौटी ढंगले काम गर्न खोजेको आरोप छ ।

    देशको हित हुनेगरि काम गर्नुपर्नेमा व्यक्तिगत लाभहानीको हिसाब गरेर काम गर्न थालेको र एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेको भनेर उनीमाथि कडा आरोप लाग्ने गरेको छ । कतिपय विषयमा भने उनीमाथि नीतिगत हस्तक्षेप गरेको पनि आरोप छ । र, सरकारको पोलिसीसमेत चुहाउने गरेको अर्को आरोप छ ।

    उता, उर्जामन्त्री भुषालले पनि जनताको हित हुनेगरि काम गर्न नसकेको आरोप छ । नेकपा ९एकीकृत समाजवादी० भित्र पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाउनेगरि नेताहरुले नेतृत्वमाथि दबाब बढाएका छन् । हिजो बसेको पोलिटब्यूरो बैठकमा समेत मन्त्रीहरुको कार्यक्षमतालाई आलोचना गरिएको थियो ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई फिर्ता बोलाउनुपर्नैमाग उठेको छ ।

    स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । त्यसलाई ध्यान दिएर प्रधानमन्त्री देउवाले पनि मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने तयारी थालेका छन् ।

    कांग्रेसबाट समेत दुई जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ। अहिले उद्योग र रक्षा मन्त्रालय देउवा आँफैले राखेका छन् ।निकट भविष्यमा नै उनले यी दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    पछिल्लो समय सुजाता कोइराला र प्रकाशमान सिंहको नाम मन्त्री बन्नेमा चर्चामा छ । सिंहले भने मन्त्री नबन्ने भनिसकेका छन् ।

    सिंह आफू मन्त्री नबनेपनि उनले सिफारिश गरेको व्यक्ति नै मन्त्री हुने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । सिंहको कोटाबाट राजनकुमार केसी मन्त्री बन्ने चर्चा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij