आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७८



  • बैतडी । नेकपा (एमाले)बाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

    गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

    नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

    चन्दलाई कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभयो ।

    यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएकाे छ । उहाँलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गर्नुभयो ।

    कांग्रेस प्रवेश परेकी उपाध्यक्ष चन्दले एमाले पार्टीमा भ्रष्ट चरित्र मौलाएको कारण कांग्रेस प्रवेश गरेको बताउनुभयो । चन्दले एमालेलाई सामन्तवादी पार्टीको संज्ञासमेत दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij