आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

निर्माण कार्यले गति लिदैँ सुनकोसीको फोक्सिङटार पुल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७८



  • खोटाङ। खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणले गति लिएसँगै खोटाङ र उदयपुरका बासिन्दामा अब चाही पुल बन्छ की भन्ने आशा जगाएको छ ।

    सम्झौताअनुसार यो पुल २०७५ सालमै बनिसक्नु पर्ने हो । अहिले बल्ल पुलको ‘आर्क’को ट्रस राखेर आरसीसी ढलान सुरु गरिएको छ । २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरेको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुनेछ ।

    निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुल पुरा हुन सकेको छैन । ‘आर्क’ पुलको खोटाङ र उदयपुरतर्फ दुई दुई कोलम ढलान गरिसकिएको साइट इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माण नरोकिने निर्माण व्यवसायीको भनाइ छ ।

    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने पक्की पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माण सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाइघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउनेछ । पुलको तेश्रोपल्ट थप भएको म्याद आगामी चैतमा सकिँदैछ । तर, बाँकी समयभित्र पुल निर्माण सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार ९भ्याट र पिएस सहित०मा पूरा गर्ने गरी ठेक्का लागेको हो ।

    फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने क्रममा राज्यको करोडौं खर्च भइसकेको छ । फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।

    पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक विरोध गर्दैआएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij