आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चुनावमा धाधली र सेटिङ गर्न कांग्रेस-एमाले खप्पीस छन्ः प्रचण्ड

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३, २०७८



  • काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले कहिल्यै चुनावमा धाधली नगरेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयाजित पार्टीको केन्द्रीय प्रशिक्षणमा कांग्रेस एमाले संसदिय राजनीतिमा पारंगत भएको भन्दै चुनावमा हुने धाधली र पैसाको चलखेल रोक्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

    माओवादी जहिल्यै पनि जनताको पक्षमा काम गरेको बताउदै उनले चुनावी अबधिभर कार्यकर्तालाई सक्रियताका साथ खट्न समेत निर्देशन दिएका छन् ।उनले भने,‘यो चुनाव सामान्य होइन, नेपाली जनताले जित्ने या प्रतिक्रियावादीहरुले जित्ने मुख्य सवाल हो । त्यसैले तपाईहरु हिजो युद्धकालमा खटे जसरी खट्नुस ।’

    माओवादीको एजेण्डामा देश चलेको बताउदै प्रचण्डले नेपालमा दुइ दलिय ब्यवस्था कायम गर्न देशीविदेशी शक्तीसमेत लागि परेको आरोप लगाए । ‘नेपालमा दुइ दलिय बुजुर्वा पार्टीलाई स्थापित गरेर परिवर्तनकारी शक्तीहरुलाई पाखा लगाउने प्रयत्न भईरहेको छ ,तपाइहरु चनाखो हुनुहोस ,यो चुनाव सामान्य होइन परिवर्तनकारी शक्तीलाई स्थापित गर्ने या प्रतिगमनकारी शक्तीलाई नेतृत्वमा ल्याउने त्यो माओवादीको हातमा छ ।’

    माओवादीको लागि यो चुनाव जिवन मरणको लडाई समेत भएको उनको भनाइ थियो । उपत्यका बिशेष प्रदेश समिति,सम्पर्क समन्वय बिशेष प्रदेश समिति र प्रवास समन्वय समितिले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij