आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एक लाख म्यादी प्रहरी माग भएकोमा करिब ३ लाखको आवेदन

  • प्रकाशित मिति : शनिबार, चैत्र १२, २०७८



  • काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाखको संख्यामा माग भएको म्यादी प्रहरीका लागि करिब ३ लाख जनाले आवेदन दिएका छन ।

    म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय ६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन लिइएको थियो । जसमा सबै भन्दा धेरै आवेदन मधेश र लुम्बिनी प्रदेशमा परेको छ  । मधेशमा ६८ हजार ४९ जनाले आवेदन दिएका छन् ।

    त्यस्तै, लुम्बिनीमा ५६ हजार १ सय ७४ आवेदन परेको छ । त्यसैगरी प्रदेश १ मा ४९ हजार ३ सय ४२, बागमतीमा ४४ हजार ३ सय ८२, सुदूरपश्चिममा २८ हजार ६ सय एक र गण्डकीमा २४ हजार ३ सय ६९ आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै भन्दा कम कर्णालीमा १८ हजार ५ सय १४ आवेदन परेकाे छ ।

    उपत्यकाका तीन जिल्लामा १३ हजार ९ सय ५० जनाले म्यादीमा भर्ना हुन इच्छा देखाएका छन् । प्रत्येक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । आवेदन दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ ।

    १५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij