आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जनप्रतिनिधि र नेताकै इँटा उद्योगमा बालश्रम

  • प्रकाशित मिति : आइतवार, चैत्र १३, २०७८



  • कपिलवस्तु। कपिलवस्तुका जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूका इँटा उद्योगमा बालश्रमिक प्रयोग भएका छन् । जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बालश्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघ संस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ ।

    अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ । शिवराज, बुद्धभूमि, महाराजगन्ज, कृष्णनगर नगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गरेको र बालश्रमिक धेरै फेला परेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताइन् ।

    ‘महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिहरूले सञ्चालन गरेको इँटा उद्योगमै बालश्रमिक रहेका छन् । यता, शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारी कै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।’ अनुगमनकर्ता तथा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले भनिन् ।

    अनुगमनका क्रममा महाराजगन्ज नगरपालिकाका उपमेयर सुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् । उपमेयर कुर्मी आफै पनि इँटा उद्योगकी सञ्चालिका हुन् । उद्योगमा काम गर्ने भारतीय कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । केही नेपाली कामदारमा बालबालिका समेत बाल श्रमिक रहेका छन् ।

    उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने यस्ता बालबालिकालाई रोक्न लगाउने र अरू बेला व्यवसायिले काममा लगाउँदै आएका छन् । बालबालिकाहरू काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउने जस्ता काममा प्रयोग हुने गरेका छन् ।

    गत वर्ष दलित मानव अधिकार समितिले चारवटा पालिकामा गरेको सर्वेक्षणमा सात सय ५० भन्दा धेरै बालश्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला पारेको थियो । यस वर्ष त्यो संख्या घटेर पाँच सयको हाराहारीमा रहेको अध्यक्ष परियारले दावी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij