आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीका ६ एसपीको काज सरुवा

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७८



  • काठमाडौं । स्थानीय तहको निर्वाचनको आचारसंहिता जारी हुनुअघि ठूलो संख्यामा प्रहरी कर्मचारीको सरुवाको तयारी भैरहेका बेला प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ । आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको जनाउदै नियमित सरुवालाई भने रोकेको छ । ६ एसपीको काज सरुवासँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।

    काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा ऋषिराम कँडेलको सरुवा भएको छ । कोइराला चितवन ट्राफिक कार्यालयबाट मोरङ जान सफल भएका छन् । कँडेल पोखरा सशस्त्र प्रहरी गणमा थिए ।

    सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियार केन्द्रीय कार्यालय, मोरङमा रहेका जनार्दन जिसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएको छ । प्रहरी प्रधानकार्यालयले डीएसपी र प्रहरी नीरिक्षकको पनि सरुवा तयारी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij