आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, चुनावी तालमेलमा कुरा मिलेन

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७८



  • धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

    मंगलबार धनगढीस्थित नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको बैठक विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।

    बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका कैलाली संयोजक लाजुुराम चौधरीले अगामी निर्वाचनमा वडा स्तरसम्मै गठबन्धन गर्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको बताए । ‘वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल र निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ,’ चौधरीले भने, ‘सबै पार्टीले आन्तरिक छलफल गरेर मात्र आवश्यक निर्णय लिने सैद्धान्तिक सहमति भएको छ ।

    बैठकमा सहभागी नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि वडा तहसम्म गठबन्धन गर्ने विषयमा कुराकानी भएपनि कुनै पनि निर्णय हुन नसकेको जानकारी दिए । उनका अनुसार गठबन्धनमा आवद्ध सबै राजनीतिक दलले आन्तरिक छलफल र विश्लेषण गरेपछि मात्र आवश्यक निर्णय लिइनेछ । अब गठबन्धनको अर्को बैठक चैत २३ गते फेरि बस्ने सैद्धान्तिक सहमति भएको छ ।
    मंगलबारको बैठकमा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट राजपाका गयाप्रसाद चौधरी र जनमोर्चाका नेता नन्दराज भट्ट लगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij