आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले अनिवार्य डायरी र कलम बोक्नुपर्ने

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७८



  • काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ ।

    ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायि अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।

    यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले एक कार्यक्रमकाबीच काठमाडौं उपत्यकामा कार्यरत झन्डै १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी र कलम वितरण गरेका हुन् ।

    ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए । डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए । सोही कार्यक्रममा आजदेखि डिउटीका समयमा सम्पूर्ण ट्राफिक प्रहरीले अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने निर्देशनसमेत उनले दिए ।

    कार्यक्रममा महाशाखामा कार्यरत ट्राफिक प्रहरी अधिकृतहरू तथा मातहतका सम्पूर्ण ईन्चार्जहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij